रातभरी दूधमा भिजाएको कालो चना बिहान खानुस्, हुनेछ असाधारण फाइदा
काठमाडौं । पानीमा भिजाएको चना खानुका फाइदाहरू त हामी सबैलाई थाहा छ तर के तपाईंले कहिल्यै दूधमा भिजाएर चना खानुभएको छ रु के तपाईलाई थाहा छ, कालो चनालाई रातभर दूधमा भिजाएर बिहान खाली पेटमा खाँदा यसले अत्याधिक स्वास्थ्य लाभ गर्छ रु आउनुहोस्, जानौं कालो चना दूधमा भिजाएर खानुका फाइदाहरू :
१. ऊर्जावान बनाउँछ
यदि तपाईंले आफ्नो दिनको सुरुवात रातभर दूधमा भिजाएको कालो चना खाएर गर्नुहुन्छ भने यसले शरीरलाई तत्काल ऊर्जा दिन्छ । यसले तपाईंलाई दिनभर ऊर्जावान महसुस गराउँछ । तपाईंले कसरत वा शारीरिक गतिविधिको समयमा यसको प्रभाव देख्नुहुनेछ ।
२. पाचन बलियो बनाउँछ
फाइबर जस्ता अत्यावश्यक पौष्टिक तत्वले भरपूर भएकाले यसले तपाईंको पाचन प्रक्रियालाई सुधार्नुका साथै मेटाबोलिजम बढाउन मद्दत गर्छ । यसबाहेक, यसले खानाबाट पोषक तत्वहरूको अवशोषणमा पनि सुधार ल्याउँछ ।
३. हड्डी बलियो बनाउँछ
यो मिश्रण हड्डी र दाँतका लागी धेरै लाभदायी छ । प्रोटिन क्याल्सियम प्रचुर मात्रामा हुने भएकाले यसले हड्डीलाई मजबुत बनाउँछ । यसले दाँतमा हानी गर्ने र हड्डी भाँचिने जोखिम पनि कम गर्छ । यसले हड्डी र जोर्नी दुखाइबाट पनि राहत दिन्छ ।
४. शरीरको शक्ति बढाउँछ
यदि तपाईंले दूधमा भिजाएको चना नियमित रूपमा खानुहुन्छ भने यसले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसले तपाईको मांसपेशीलाई कडा बनाउन, दुब्ला मांसपेशीहरुको निर्माण गर्न र तिनीहरूलाई बलियो बनाउन मद्दत गर्दछ । यसले तपाईंको शारीरिक शक्ति बढाउन मद्दत गर्छ ।
५. रक्तचाप नियन्त्रणमा मद्दत गर्दछ
यो मिश्रण खराब कोलेस्ट्रोल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन धेरै लाभदायी छ । क्याल्सियम, पोटासियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइने भएकाले यसले उच्च रक्तचाप घटाउन र नियन्त्रण गर्न पनि मद्दत गर्छ ।
६. हृदय रोगको जोखिम कम गर्छ
खराब कोलेस्ट्रोलको उच्च स्तर र अनियन्त्रित रक्तचाप हृदय रोगको लागि प्रमुख जोखिम कारकहरू मध्ये एक हुन् । दूधमा भिजाएर चना खाँदा हृदयाघात, स्ट्रोकजस्ता रोगको जोखिम कम हुन्छ ।
७. तौल बढाउन र घटाउन मद्दत गर्छ
दूधमा भिजाएको चना खाँदा तौल नियन्त्रणमा मद्दत पुग्छ । यो तौल बढाउन मात्रै फाइदाजनक छैन, यसलाई घटाउन पनि उपयोगी छ । यसले तपाईंलाई लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र जंक फूडको क्रेभिङ पनि नियन्त्रण गर्छ ।
८. अनुहार उज्यालो बनाउँछ, कपाल बलियो बनाउँछ
यो मिश्रणले रक्तअल्पत्ता हटाउन र रगत शुद्ध गर्न मद्दत गर्दछ । यसका साथै यसमा प्रोटिन र आइरन पनि प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा छाला र कपाललाई स्वस्थ राख्न सहयोगी हुन्छ । यसका लागि चनालाई दूधमा राखेर रातभरी छोड्नुहोस्, त्यसपछि बिहान दूध छानेर पिउनुहोस् र त्यससँगै चना खानुहोस् ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
