मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, २२ वर्षीय युवकको निधन
झापा । गएराति झापाको दमक नगरपालिका वडा नं. ३ को मावा पुलस्थित दमक मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
राति १०:५० बजेको समयमा दमक ३ को मावा पुलस्थित दमक-मिक्लाजुङ कच्ची सडकखण्डमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे ५ प ९७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकल दुर्घटना हुँदा चालक मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ स्थायी ठेगाना भइ दमक नगरपालिका वडा नं. ५ मा डेरा गरी बस्ने २२ वर्षीय सगुन राई गम्भीर घाइते भएका थिए ।
टाउको, अनुहार र घुँडामा चोट लागेर उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएकोमा राति ११:३५ बजे डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको र मोटरसाइकल प्रहरी चौकी, बाघखोरले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

