Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, २२ वर्षीय युवकको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, २८
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, २२ वर्षीय युवकको निधन

झापा । गएराति झापाको दमक नगरपालिका वडा नं. ३ को मावा पुलस्थित दमक मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राति १०:५० बजेको समयमा दमक ३ को मावा पुलस्थित दमक-मिक्लाजुङ कच्ची सडकखण्डमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे ५ प ९७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल दुर्घटना हुँदा चालक मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ स्थायी ठेगाना भइ दमक नगरपालिका वडा नं. ५ मा डेरा गरी बस्ने २२ वर्षीय सगुन राई गम्भीर घाइते भएका थिए ।

टाउको, अनुहार र घुँडामा चोट लागेर उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएकोमा राति ११:३५ बजे डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको र मोटरसाइकल प्रहरी चौकी, बाघखोरले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स