सेनामा जागिर नभएकालाई काठमाडौं महानगरले नगर प्रहरी बनाउने, दरखास्त पेस गर्न आह्वान
जानकारी केन्द्र
२०८१, जेष्ठ, २९
काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो ।
नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । दरखास्त पेस गर्दा वैकल्पिक दर्ता नं। खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
