घरायसी विवाद हुँदा श्रीमानको कुटाइबाट श्रीमतीको निधन
जानकारी केन्द्र
२०८१, जेष्ठ, ३१
बैतडी । बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । पाटन नगरपालिका ४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो ।
मंगलबार घरायसी विवाद भएको र सोही क्रममा श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनाको बुधबार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
उपचारकै क्रममा उनको डडेल्धुरा अस्पतालमा बुधबार मृत्यु भएको प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । सुनाको खुट्टा, ढाड र टाउकोमा गम्भीर चोट लागेको थियो । प्रहरीले श्रीमान ऐरीलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
