कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने ७२ वर्षीय केदार भन्ने दुर्ग बहादुर दमाई र ५३ वर्षीय साधु राम भन्ने खड्ग बहादुर दमाई रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत दोलखाबाट २०५३ माघ २५ गते सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर भई कैद भुक्तान गर्दै आएकोमा राष्ट्रिय प्रजातन्त्र दिवस २०५६ को उपलक्ष्यमा कारागार शाखा काठमाडौंको २०५६ फागुन ७ गतेको पत्र अनुसार उनीहरू कैद मुक्त भएका थिए ।
साथै उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०५८ मंसिर ७ गते उनीहरूलाई जन्मकैद हुने ठहर गरी फैसला भएकोमा ११ वर्ष ४ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल काठमाडौंमा पठाइएको जनाएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

