सर्लाही । सर्लाहीमा कुखुराको काँचो मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका १३ पत्थरकोट सानो नारायणडाँडा कि ६९ वर्षीया टुल्कीमाया श्रेष्ठ रहेकी छिन ।
गत जेठ २५ गते उनले सोहि ठाउँको छेडा गाउँबाट कुखुराको मासु किनेर घर जाने क्रममा मदिरा सेवन गरेको र त्यहि समयमा बाटोमै उक्त कुखुराको काँचो मासु खाँदा कुखुराको हड्डी उनको घाँटिमा अड्ड्कीएको थियो ।
त्यसपछि उनी स्थानिय अस्पतालमा औषधिको लागि गएको तर अस्पतालहरुले हड्डी निकाल्नु पर्ने र यहाँ सम्भव नरहेको तथा अन्य अस्पतालमा जान भनेर पठाएको थियो । उनी अन्य अस्पतालमा नगएर घरमा गईन र घरमै बसी रहेकी श्रेष्ठको मृत्यु भएको बताइएको छ ।
अहिले मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


