बङ्गलादेशसँग नेपाल २१ रनले पराजित, जितबिना नेपालको विश्वकप यात्रा समाप्त
काठमाडौं। नेपाल बङ्गलादेशसँग २१ रन पराजित भएको छ। जितसँगै बङ्गलादेश सुपर ८ मा पुगेको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए भने आशिफ शेखले १७ रनको पारी खेले। त्यसबाहेक नेपालका कुनैपनि खेलाडीले दोहोरो अङ्क समेत जोड्न सकेनन्।
नेपालका अनिल साह, गुल्शन झा, सोमपाल कामी र अविनाश बोहरा शून्य रनमै आउट भए भने सन्दीप जोरा र कप्तान रोहित पौडेलले समान १र१ रन बनाएर पभेलियन फर्के। कुशल भुर्तेल भने ४ रन बनाएर आउट भए।
नेपाललाई जितबाट रोक्नका लागि बङ्गलादेशका तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए भने मुस्ताफिजुर रहमानले ३ विकेट लिए। शाकिब अल हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो।
सुरुदेखि नै दबाबमा रहेको बङ्गलादेशका कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्। ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे। महमुदुल्लाह र रिसज होसेनले समान १३र१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२र१२ रन बनाए। कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए।
बङ्गलादेशलाई १०६ रनमा समेट्न नेपालका सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २र२ विकेट हात पारे।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
