लुयानको यस ९० मोडेलको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक
काठमान्डौ । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस ९० हालै नेपालमा सार्वजनिक गरेको छ ।निक्कै बोल्ड र अत्याधुनिक फिचरले सुसज्जित यस ९० मा २५०० वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर दिइएको छ । अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ ।२५२० वाट आवर क्षमताको बेट्री भएकाले यसले एकपटकको फुल चार्जमा अधिकतम १२० किलोमिटर रेन्ज दिने बताइएको छ ।

स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएकाले यसले ओरालोमा बे्रक लिँदा आफै बेट्री चार्ज हुन्छ । यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क बे्रक दिइएको छ ।कम्पनीका सेल्स तथा मार्केटिङ्ग हेड, शंकर शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिनुभएको छ ।६५ किलोमिटर प्रति घण्टाको टप स्पिड भएको यो स्कुटरको ११२ किलोग्राम कुल वजन रहेको छ । यसमा सिटमुनी ३२ लिटरको निक्कै ठुलो वुटस्पेस रहेको छ । जसमा ठुलो हेलमेट राखेर पनि अन्य सामानहरु सजिलै अटाउन सकिन्छ ।

आइपि ६७ रेटेड वाटर तथा डस्ट प्रुफ यो स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ ।यसमा एनएफसी सिस्टम भएकाले चावी विना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्नसकिन्छ । यो सुरक्षाको दृष्टिले निक्कै सुरक्षित मानिन्छ ।यसमा एन्टिथेप्ट अलार्म, ७ इन्चको डिजिटल डिस्प्ले, एलइडि हेड लाइट, डिआरएल लगायतका फिचरहरु लोडेड छन् । यति हुँदाहुँदै पनि यसको अधिकतम बिक्रि मुल्य रु. २ लाख ६ हजार १ सय (रु. २,०६,१००) मात्र कायम गरिएको जारी विज्ञप्तीमा जनाइएको छ ।कम्पनीले एक्स्चेन्ज तथा फाइनान्सको पनि सुविधा रहेको जनाएको छ ।

सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
