चिरपट प्रहारबाट एक जनाको मृत्यु, चिरपट हार्ने प्रहरी फन्दामा
काठमाडौँ । सिरहामा मामाको छोराले चिरपट प्रहारगर्दा फूपुको छोराको मृत्यु भएको छ। गोलवजार नगरपालिका १० धर्मपुरका २८ वर्षिय फेकु भन्ने संजय सदाले आफ्नै फूपुको छोरा ४० वर्षिय गेनी सदायमाथि समान्य विवादमा चिरपट प्रहारगर्दा मृत्यु भएको हो ।
गएराती करिव १० बजे खानाखाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो। विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भिर घाइते दाई गेनीको उपचारको क्रममा आज विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलवजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए ।
समान्य विवादबाट सुरु भएको झगडा मदिरा पीएर मातेकाका कारण चिर्पट हानाहानमा हानाहानमा पुगेको थियो। घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना राति नै भएपनि प्रहरीले विहान पाँच बजेमात्र जानकागरी पएका थिए।
जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागी गोलवजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी भनाइ छ । घटना स्थल मुचुल्लका उठाउने कार्य भईरहेको र शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

