टी-२० विश्वकप: अमेरिकामाथि दक्षिण अफ्रिकाको सहज जित
काठमाडौँ । दक्षिण अफ्रिकाले सुपर आठ अन्तर्गतको खेलमा अमेरिकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो ।
दक्षिण अफ्रीकाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो । अमेरिकाका लागि आन्द्रिज गोउसले सर्बाधिक ८० रन बनाएका थिए भने हर्मीत सिंहले ३८ रन बनाए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउदै १९४ रन बनाएको थियो । जसमा क्वेंटन डिककले सर्बाधिक ७४ रन बनाए भने कप्तान एडेन मार्क्रमले ४६, हेनरिक क्लासेनले ३६ तथा ट्रीस्टान स्टब्सले २० रन बनाएका थिए ।
यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठको समुह १ मा २ अंक हासिल गरेको छ । अब दक्षिण अफ्रिकाले अर्को खेल जुन २१ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन २२ मा वेस्ट इन्डिजसँग खेल्ने छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
