फेवातालमा डुबेर एक युवकको निधन
जानकारी केन्द्र
२०८१, असार, ९
काठमाडौं । फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ नौ डाँडाका २५ वर्षीय सञ्जय भण्डारीलाई शुक्रबार बेलुका तालबाट उद्धार गरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
शुक्रवार साँझ ५ बजेतिर तालमा डुबेका भण्डारीलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेर अस्पताल पु¥याएका थिए । पोखरा–६, लेक साइडको क्विन पार्कमा काम गर्ने भण्डारी अरू चार साथीसहित पौडी खेल्न गएका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले चेकजाँचका क्रममा साँझ साढे ७ बजे मृत घोषणा गरेको हो। भण्डारीसँगै पौडी लेख्न गएका बाँकी चार जना सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

