सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ महुली पुलस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ । ना ५ ख ३६१९ नम्बरको ट्रकले प्र २-०१-००३ प ८३३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका ३ बस्ने ३८ वर्षीय हेम नारायण बिराजीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


