Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

एसईईको नतिजा राम्रो नआएपछि एक छात्राले गरिन् आत्महत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १५
एसईईको नतिजा राम्रो नआएपछि एक छात्राले गरिन् आत्महत्या

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ की एक छात्राले एसईईको नतिजा राम्रो नआएपछि आत्महत्या गरेकी छन् । गौरीशंकर गाउँपालिका २ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छोरी जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा राम्रो नआएपछि हिजो आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ ।

उनले आत्महत्या गर्नुअघि सुसाइट नोट लेखेर बुबा आमा र परिवारका सदस्यसँग माफी मागेकी छन् । मृतक जेनिसाको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याइएको छ ।

Top Changing Nepal

युट्युब सट्स