माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका ५ सहित ७ जना घाइते
काठमाडौं । चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १ पानी ट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा माईक्रोबस दुर्घटना भएको थियो ।
आज बिहान सवा ६ बजे मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०१८२ नम्बरको ईलेक्ट्रिक माईक्रोबस आफै अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।
घाइते हुनेमा भरतपुर ९ का ४२ वर्षिय एकराज भट्टराईका पाँच जना परिवार रहेका छन् । भट्टराईकी श्रीमती निर्मला भट्टराई, १० वर्षिया एलिजा भट्टराई, ८ वर्षिया छोरी यनुषा भट्टराई र ४ वर्षिया छोरा अनुज भट्टराई रहेका छन् ।
उनीहरुको अवस्था मध्यम रहेको चितवन प्रहरीले जानकारी दिएको छ । अहिले उनीहरुको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ । यस्तै खैरहनी नगरपालिका ८ का ५० वर्षिय रामप्रसाद चापागाई, भरतपुर महानगरपालिका ४ का २१ वर्षिय नवीन भट्टराई घाइते भएको छन् ।
घाइतेहरुको अवस्था मध्यम र सामान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ । माईक्रोबस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
