पौडी खेल्ने क्रममा डुबेर ३ बालकको मृत्यु
जानकारी केन्द्र
२०८१, असार, १७
काठमाडौं । सिरहा र महोत्तरीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको मृत्यु भएको छ । सिरहामा ६ वर्षीय बालक र महोत्तरीमा ७ र ८ वर्षीय बालकको मृत्यु भएको हो ।
सिरहाको नरहा गाउँपालिका ४ बरछाबा टोल घर भई बरियारपट्टी गाउँपालिका २ जानकीनगरस्थित मामाघर बस्ने ओम प्रकाश रायको छोरा ६ वर्षीय धर्मा रायको बरियारपट्टी गाउँपालिका २ स्थित सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
यस्तै महोत्तरी गौशाला नगरपालिका २ बेचनटोल बस्ने भोला महतोको छोरा ७ वर्षीय अनित महत्तो र जिमदा महत्तोको छोरा ८ वर्षीय सिकिन्दर महतोको सोही ठाउँस्थित महरा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
डुबेर सिकिन्दरको घटनास्थलमै र अनितको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
