ग्यारो डीटी ६० ईलेक्ट्रिक स्कुटरका यस्ता छन् फिचर ।
काठमाडौँ । क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नेपालमा इलेक्ट्रिक स्कुटर ग्यारो डीटी ६० भित्रयाएको छ । ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम–आयोन ब्याट्री भएको यस स्कुटरको मुल्य ३ लाख ६५ हजार रहेको छ । यस स्कुटरमा पिक पावर ४००० वाट र पिक टर्क १५० एनएम पाउन सकिन्छ । सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनिले बताइको छ । स्कुटर फुल चार्ज हुन ६ देखि ८ घण्टासम्म लाग्ने छ ।
यस स्कुटरमा १४० एमएम ग्राउन्ड क्लियरेन्स पाउनुका साथै स्कुटरको टप स्पिड प्रति घण्टा ६८ किलोमिटर रहेको कम्पनिले बताएको छ । ३० लिटर बुट स्पेस रहेको स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहेको छ । यस ग्यारो डीटी ६० स्कुटरमा अगाडी हाइड्रोलिक र पछाडी डुअल शक एब्जर्बर सस्पेन्सन जडान गरिएको छ ।
६२५ मिलिमिटर सिट हाईट रहेको यस स्कुटरको तौल १२० केजी पाउन सकिने छ । ग्यारो डीटी ६० ईलेक्ट्रिक स्कुटर ग्रे र सेतो कलर पाउन सकिने कम्पनिले बताएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


