भारतमा चारजना नेपालीको हात बाधेर धारिलो हतियार प्रहार गरी विभत्स हत्या
जानकारी केन्द्र
२०८१, असार, २४
काठमाडौं। भारतमा चारजना नेपाली कामदारको घाँटी रेटेर हत्या गरिएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार सिलोङ्गमा काम गर्दै आएका चारजना नेपालीको उम्प्लेङ बजार नजिकै शनिवार दिउँसो घाँटी रेटेको अवस्थामा शव फेला परेको हो। हत्या गरिएका चारैजना कामदारको हात बाँधिएको, शरीरमा निर्घात कुटपिट गरिएका निशानहरू फेला परेका छन्।
स्थानीय प्रहरी प्रमुख गिरी प्रसादले शव फेला परेका चारैजना नेपाली नागरिक रहेको पुष्टि गरेका छन्। तीमध्ये एकजनाको सनाखत भएको छ। सनाखत हुनेमा ईलामका २३ वर्षीय रवि राई रहेको गिरी रहेको जनाइएको छ । बाँकी तीन जनाको सनाखत हुन बाँकी रहेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
