नेपालमा सि.एफ मोटो २५० एन.के बाइक, यस्ता छन फिचर
काठमाडौँ । नेपालमा सि.एफ मोटोको आधिकारिक वितरक रिलायन्स ग्रुपले सि.एफ मोटो २५० एन.के बाइक भित्राएको छ । यस ग्रुपले ३ वटा नयाँ बाइक भित्राएकोमा यो बाइक सबैभन्दा सस्तो रहेको कम्पनिको दाबि छ ।
२४९ सि.सि, सिङ्गल सिलिन्डर,४ भल्भ र डुअल ओभरहेड क्यामशाफ्ट इन्जिन यस बाइकमा रहेको छ । बाईकको टप स्पिड प्रति घण्टा १२८ किलोमिटर रहनुका साथै तेल भण्डारण क्षमता १२.५ लिटर पाउन सकिन्छ । २५ देखि ३५ किलोमिटरसम्म माइलेज दिने यस बाइकमा अगाडिको टायर ११०/७० आर १७–२९२ एमएम डिक्स र पछाडिको टायरमा १४०/६० आर १७–२२० एमएम डिक्स टायर पाउन सकिन्छ।
यस बाइकको ७९५ मिलिमिटर सिट हाइट रहनुका साथै १५० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनिले बताएको छ कम्पनिले सि.एफ मोटो २५० एन.के बाइकको मुल्य ५,९९,९०० तोकेको छ। यस बाईककोे तौलको कुरा गर्दा १५८ केजि रहेको छ भने एथेन्स ब्लू, नेबुला ब्ल्याक कलरमा पाउन सकिन्छ । त्यस्तै गरेर बाईकको बे्रकिङ सिस्टमको कुरा गर्दा यसमा डुअल-च्यानल एबीएसको साथ डुअल-डिस्क रहेको छ ।
कम्पनिका अनुसार यस सि.एफ मोटो २५० एन.के बाइकको पर्फमेन्स २७.८ पि एस का साथै ९७५० आर.पि.एमको म्याक्सिमम् पावर र २२ एनएम का साथै ७५०० आर.पि.एमको म्याक्सिम टर्क रहेको कम्पनिले जनाएको छ ।
एथेन्स सेतो र नेबुला कालो कलरमा उपलब्ध यस बाईकमा सस्पेन्सन सेटअप ३७ एमएमको टेलिस्कोपिक यु.एस.डि र मोनोसक जडान गरिएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


