प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ / ०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन ।
त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी सदनमा पुनर्विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
