डोङ्गफेङ्ग कम्पनिले निर्माण गरेको डि एफ ए सि ईभि ३२ कस्तो भ्यान हो ? हेर्नुहोस् मूल्य र फिचर सहित सम्पुर्ण जानकारी
काठमाडौँ । त्रिवेणि मोटोकर्प प्रालिले नेपाली बजारमा डोङ्गफेङ्ग कम्पनिले उत्पादन गरेको डि एफ ए सि ईभि ३२ भित्राएको छ । यस त्रिवेणि मोटोकर्प प्रालिले भित्राएको ४ ओटा भ्यान मध्ये यो भ्यान पनि एक हो । १८० एम.एम ग्राउन्ड क्लियरेन्समा उपलब्ध यस गाडिको म्याक्स टर्क २७० एन.एम पाउन सकिन्छ ।
भ्यानमा सिएटीएल ५०.२३ किलोवाटको ब्याट्रि क्यापासिटि रहनुका साथै जिबिटी डि.सि फास्ट चार्जरबाट ८०% ब्याट्रि चार्ज हुन ४५ मिनेट लाग्ने कम्पनिले बताएको छ । यस भ्यानले फुल चार्ज भएको ब्याट्रिमा ३०० किलोमिटर सम्म रेन्ज दिने छ ।
डि एफ ए सि ईभि ३२ भ्यानको डिमेन्सनको कुरा गर्दा यसको लम्बाई ५३३० एमएम ,चौँडाई १७०० एमएम र उचाई २२६० एमएम रहेको छ । भ्यानको ह्विवेश २८९० एमएम हुनुका साथै फ्रन्ट ओभरह्याङ १३०० एमएम र रेयर ओभर ह्याङ ११४० रहेको छ । भ्यानको मोटरको कुरा गर्दा रेटेड पावर ५० किलोवाट र पिक पावर ८० किलोवाट पाउन सकिन्छ ।
प्रति घण्टा १०० किलोमिटर सम्म टप स्पिड भएको यस गाडिको ग्रोस वेएट ३४९० केजि र कर्व वेएट १९६० केजि पाउन सकिने कम्पनिको दाबि रहेको छ । भ्यानको सेफ्टि सिस्टम ए.बि.एस र ई.बि.डि, रियर भ्यु क्यामरा रहनुका साथै गाडिमा एसिको सुविधा रहेको छ ।
यस डि एफ ए सि ईभि ३२ भ्यानमा ४ ओटा डोर,२ ओटा स्पिकर र २ ओटा एम्प्लिफायरका साथै भ्यानको अगाडि रिडिङ् लाइट र पछाडि फग लाईट जडान गरिएको छ । डि एफ ए सि ईभि ३२ भ्यानको अगाडिको टायरमा डिस्क ब्रेक र पछाडिको टायरमा ड्रम ब्रेक उपलब्ध रहेको छ । यसमा एलोमिनियम अलोइव्हील व्हील हब म्याटेरियल रहेको छ । कारको सस्पेन्सनको कुरा गर्दा अगाडि इन्डिपेन्डेन्ट सस्पेन्सन् र पछाडि भेरिएबल लिफ स्प्रिङ्ग पाउन सकिन्छ ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल