अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मः मः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारवाही गरिएको हो ।
महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ । निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपाने भन्छन्, ‘चमेना गृहबाट विक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो । यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारवाही गरिएको हो ।’
असार २६ गते बेलुका सवा ६ बजेको अनलाइन अर्डरमा वर्गर हाउसले उपभोक्तालाई पठाएको म म को अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले यो विषय वर्गर हाउसलाई जानकारी गराए । महानगरपालिकाका खाद्य प्राविधिक अनिल बस्नेत घटनाका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘गुनासो आएपछि वर्गर हाउसले फेरि अचार पठायो । यसपटक पठाएको अचारमा पनि गन्ध पाइएपछि उपभोक्ताबाट महानगर प्रहरी बलमा उजुरी आयो । यसरी आएको गुनासोको छानविन गर्दा खानेकुरामा स्वच्छता नभएको पुष्टि भएपछि कारवाही गरिएको हो ।’
उजुरीको छानविनका लागि कार्यालयमा वोलाइएका वर्गर हाउसका सञ्चालक बिक्रम गिरीले म म को अचारमा गन्ध आएको स्वीकार गर्दै भने, ‘तयार पार्ने वित्तिकै फ्रिजमा राख्नु पर्ने अचार भुलवश बाहिर रहन गएकोले गन्ध आएको हो । यसमा कर्मचारीको लापर्वाही भएको हो । खानाको स्वच्छतामा लापर्वाही गर्ने कर्मचारीलाई हामीले पनि कारवाही गरिसकेका छौँ ।’ उनले यसपछि गुणस्तरमा कुनै गुनासो नआउने गरी सेवा दिने प्रतिवद्धता गरेका छन् ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
