न्यूरोड फुटपाथ विस्तार विवाद: ३२ वटै वडा अध्यक्षको ऐक्यवद्धता, सडकबाटै थाले काम
काठमाडौँ । अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् ।
यसअघि शुक्रबार महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला स्थानीयले विरोध गरेर काममा अवरोध गरेकोमा आइतबार महानगरका ३२ वटै वडाका वडा अध्यक्षहरुले ऐक्यवद्धता जनाएका छन् । त्यस्तै कामनपा-२२ का वडा अध्यक्ष चीनकाजी महर्जनले सडकमै टेबुल कुर्सी राखेर काम गरिरहेका छन् ।
वडा अध्यक्षहरुसहित स्थानीयले अवरोध गरेपछि महानगरको डोजर पनि न्यूरोडक्षेत्रबाट फर्किएको छ ।
स्थानीयसहितका वडा अध्यक्षहरुले न्यूरोडको सडक साघुरो बनाउन नहुने भन्दै फुटपाथ विस्तारको विरोध गरिरहेका छन् ।
यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको यो । त्यस्तै फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो ।
सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
