बागमतीमा काँग्रेसका लामा मुख्यमन्त्री बन्दै
काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिंह लामालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको कांग्रेस बागमती प्रदेशको बैठकले सर्वसम्मत रुपमा संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेशमा सरकार बनाउने निर्णय गरेको हो ।
केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो ।
यसअघि असार २४ गते नेकपा एमालेले मख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकारलाई दिएको सर्मथन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि उनी अल्पमतमा छन् र आज विश्वासको मत लिदै छन् ।
सरकार ढल्ने निश्चित रहेकाले कांग्रेसले मुख्यमन्त्रीमा लामालाई अगाडी सारेको हो ।
११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

