चक्कु प्रहार गरी एक युवकको हत्या, दुई जना घाइते
रोल्पा । रोल्पामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । उक्त घटनामा दुई जना घाइते छन् । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर ४ खाद्यटोलमा ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय शनी भनिने सुनील पुनको एक समूहको चक्कु प्रहारबाट हत्या भएको छ ।
शनिबार राति ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार उनको उद्धार गरी जिल्ला अस्पताल रेउघा पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
पुरानो रिसिबीका कारण सुनीललाई उनी बसेकै ठाउँमा गई अर्को एक समूहले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । त्यसक्रममा अर्का दुई जनाको हात र टाउकामा चोट लागेको डिएसपी लामाले बताए । पुनमाथि चक्कु प्रहार गरी हत्या गर्नेहरूको पहिचान भइसकेको र उनीहरूलाई नियन्त्रणमा लिने तयारी भइरहेको डिएसपी लामाले बताए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
