नक्कली प्रहरी बनेर ठग्दै हिंडेका अन्सारी पक्राउ
रौतहट । नक्कली प्रहरी बनेर बाराको बिभिन्न ठाउँमा ठगी गर्दै हिँडेका एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका ७ बस्ने ४० बर्षीय सहाबुदिन अंसारी रहेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले साउन ७ गते सोमवार नक्कली प्रहरी बनेका अन्सारीलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
गत भदौ ३२ गते बेलुका ४ बजेको समयमा महागढिमाई नगरपालिका ८ जोलगाँवा बस्ने वर्ष ५५ को सिताराम राय यादवको ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल अन्सारीले म प्रहरी हो ईमरजेन्सी छ एक छिनको लागी दिनुस भनि भ्रममा पारी मोटरसाईकल लिएर फरार भएका थिए।
सोही मोटरसाईकल प्रयोग गरी जिल्लाको बिभिन्न मानिसहरूसँग घुमी घुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको उजुरीको आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
