नेपालमा काइ एक्स ३ प्रो कार सार्वजनिक, यस्तो छ फिचर सहित सम्पुर्ण जानकारी
काठमाडौँ । नेपालि बजारमा काइ ईभि गाडिको आधिकारिक बितरक लक्ष्मि इलेक्ट्रिक मोबिलिटिले काइ एक्स ३ कार सार्वजनिक गरेको छ । कारमा १२० किलोवाटको पर्मानेन्ट म्याग्नेट मोटर रहेको छ भने कारको लम्बाई ४४००, चौडाई १८३१ र उचाई १६४६ मिलिमिटर रहनुका साथै ह्विलबेस २६३२ एमएम रहेको छ ।
कम्पनिले बताए अनुसार यस एक्स ३ कारमा म्याक्स पावर १६३ पि.एस र म्याक्स टर्क २८० एनएम पाउन सकिनेछ । एफ डब्लु डि ड्राईभ टाईप रहेको यस कारले प्रति घण्टा १५० किलोमिटर टप स्पिड प्रदान गर्ने पनि कम्पनिले जनाएको छ । कारको ब्याट्रि क्यापासिटि र ब्याट्रिको रेन्जको कुरा गर्नुपर्दा कारमा ५३.६ किलोवाटको ब्याट्रि र त्यस ब्याट्रिले ४०१ किलोमिटरको रेन्ज दिनेछ ।
एक्स ३ कारमा ३.३ किलोवाटको ए सि चार्जरबाट फुल चार्ज हुन १८ घण्टा साथै १० % बाट १००% चार्ज हुन ७ किलोवाटको ए.सि चार्जरबाट ८ घण्टा र ३०% बाट डिसि फास्ट चार्जरबाट ८० % चार्ज हुन ३० मिनेट लाग्ने कम्पनिको दाबि छ । कारको टायर फ्ल्याकसिप र डिलक्स रहेको ट्युबलेस टायर उपलब्ध रहेको छ । कारमा एयरब्याग,रिजेनेरेटिभ ब्रेकिङ र अटोहोल्डको सेफ्टि सिस्टम रहेको साथै म्याक्फर्सन स्ट्रट र मल्टि स्टेप–लिङ्कको सस्पेन्सन् सेटअप पनि रहेको छ ।
५ सिटिङ क्यापासिटि भएको यस काइ एक्स ३ कारमा ३६० लिटर / ११०० लिटरको भण्डारण क्षमता रहेको छ भने यस कारमा ग्राउन्ड क्लियरेन्स १८३ मिलिमिटर पाउन सकिनेछ । ग्रे,रातो,सेतो र निलो कलरमा उपलब्ध यस कारको जम्मा तौल १५२० केजि छ । कम्पनिका अनुसार यस काइ एक्स ३ कारको मुल्य ४६ लाख ९६ हजार देखि ४८ लाख ९६ हजार सम्म रहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

