लोक गायक जोशीको निधन
काठमाडौँ । लोक गायक लक्ष्मी प्रसाद जोशीको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो ।
पुर्ख्यौली घर धनकुटा भए पनि उनी लामो समयदेखि झापाको दमकमा बस्दै आएका थिए । साँझ खाना खाएपछि उनी अचानक बेहोस भएको परिवारले जानएको छ ।तत्कालै उपचारको अस्पताल लगिए पनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका हुन् ।
जोशीले ०१३ सालमा रेडियो नेपालबाट ‘नेपाली माया, नेपालै कस्तो’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । त्यस्तै उनको ‘खिपीमा खिपी’, ‘रिटिङ रिटिङ’, ‘ओल्लो खोलो’, ‘बाख्राको पाठोले’, ‘साँगुरीको डाँडैडाँडा’, ‘उकाली ज्यानमा’ लगायत चार दर्जन गीत चर्चित छन् ।
उनले ०१९, ०२२ र ०२९ सालको लोकगीत प्रतियोगितामा स्वर्ण पदकसमेत जितेका थिए । तत्कालीन समयमा सोभियत रुसको नौ वटा राज्यमा सांगीतिक कार्यक्रम गर्ने उनी एक मात्र नेपाली गायक हुन् । पछिल्लो समय उनले ०६० मा लोकगीत संग्रह ‘अनावृत’ प्रकाशन गरेका थिए ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

