Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, ११
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन

बुटवल । विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई लुम्बिनी प्रदेशमा धक्का लागेको छ । चौधरीले लुम्बिनीको संसदीय दलको नेता फेरेर मन्त्री बनाउने पहललाई प्रदेश सभाले रोकेको छ ।

नाउपाले संसदीय दलको नेता फेरेको जनाएपनि प्रदेश सभाले मान्यता नदिएपछि रेशम चौधरीलाई धक्का पुगेको छ । प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै नाउपाको संसदीय दलको नेता रहेका छन् ।

दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छन् । यसअघि संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरण सहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो ।

बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूलाई चयन गरिएको जानकारी प्रदेश सभालाई दिइएको थियो । लुम्बिनीमा नाउपाका ४ जना सांसद छन् ।

संसदीय दलको नेताबाट हटाईएका चौधरी पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन भने राजकुमार संरक्षक रेशमलाल चौधरी पक्षका हुन्।

श्रीमान-श्रीमती रहेका रेशम र रञ्जिताबीचको विवादले नाउपा केन्द्रदेखि प्रदेशसम्म दुई भागमा विभाजित भएको छ । योसँगै लुम्बिनीमा राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने रेशमको तयारीमा धक्का लागेको छ ।

Top Changing Nepal

युट्युब सट्स