विधार्थी एवं अभिभावक ग्रेडीङ प्रणाली बारे अन्योल
रोशन पोखरेल
प्रवेशीका परिक्षा भोली देखी सुरूवात हुने क्रममा छ तर नेपालमा पहिलो पटक ग्रेडीङ प्रणालीको सुरूवात भएकाले अन्योलता कायम रहेको छ। प्रवेश भन्नाले फलामको चिउरा चपाउनु सरह मान्ने हाम्रो समाजमा यसले अवसर र चुनौती दुबै लिएर आउँछ भन्ने कुरा भुलेको पाइन्छ। हाल नेपालमा ग्रेडीङ प्रणाली बारे नबुझ्दा जो कोही पनि उतिर्ण गर्न सक्छन भन्ने सोचले खासगरी जेहन्दार र मेहनती विधार्थीमा पढने जोस र जागँर हराएको जस्तो देखीन्छ। सरकारले ग्रेडीङ प्रणालीको सुरूवात परिक्षामा विधार्थीमा उत्पन्न हुने डर कम गर्नका निम्ती लागु गर्यो तर यसले विधार्थी एवं अभिभावक वर्गमा झन अन्योलता कायम गरेको जस्तो देखीन्छ। सरकारले ग्रेडीङ प्रणालीको नियममा परिवर्तन गरिरहनाले अन्योलता बढीरहेको छ। मेहनतको फल मिठो हुन्छ भनिन्छ तर जुन रूपमा अन्योलता कायम गरेको छ, यसले सकारात्मक नतिजा आउँछ भन्नु गलत रहन्छ। यसबारे सम्वन्धीत निकायले प्रस्ट पारून र विधार्थी वर्ग मेहनतका साथ अगी बढुन। लाखौ लाख शुभकामना!
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


