ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा, अर्जेन्टिना बाहिरियो
काठमाडौँ । जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।
जस अनुसार फ्रान्स, स्पेन, मोरक्को र इजिप्ट सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा फ्रान्सले इजिप्टसँग र मोरक्कोले र स्पेनसँग खेल्ने छन् । सेमिफाइनलका खेलहरु सोमबार हुने छन् ।
क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा खेलको पाँचौं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो र सोहि गोल खेलको निर्णायक गोल बनेको थियो । क्ल्हेल सकिएपछि फ्रान्स र अर्जेन्टिनाका खेलाडी र अफिसियलबीच भएको लडाई अहिले निकै चर्चामा रहेको छ ।
त्यस्तै अर्को खेलमा इजिप्टले पराग्वेलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी स्पेनले जापानलाई ३-० ले र मोरक्कोले अमेरिकालाई ४-० ले पराजित गरेको थियो ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

