ग्लोबल टी-२०: सातौ खेलमा भ्यानकुभर नाइट्स विजयी, सन्दीप र दीपेन्द्रको कस्तो रह्यो प्रदर्शन ?
काठमाडौं । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत सातौ खेलमा नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ । टस जितेर सुरुमा फिल्ड रोजेको भ्यानकुभरले ५ विकेटको जित निकालेको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो । उसका लागि अजमातुल्लाह उमरजाईले ३० र शेर्फेन रदरफोर्डले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भ्यानकुभरका लागि नेपालका सन्दीप लामिछानेले महत्त्वपूर्ण २ विकेट लिए । पहिलो विकेटका रुपमा सर्वाधिक रन बनाएका अजमातुल्लाहलाई आउट गरेका सन्दीपले दोस्रो विकेटका रुपमा नवौंक्रमका ब्याट्सम्यान जहुर खानलाई आउट गरेका हुन् ।
सन्दीपले जाहुरको विकेट लिएपछि मेटिन्ट्रयल १०९ रनमा अलआउट भएको थियो । ३.२ ओभर बलिङ गरेका सन्दीपले मात्र १४ रन खर्चिएर २ विकेट लिएका हुन् । एक ओभर बलिङ गरेका दीपेन्द्रले भने बिना विकेट १२ रन खर्चिए । उसका लागि मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए ।
४ ओभर बलिङ गर्दा उनले १८ रन खर्चिएका थिए । ११० रनको लक्ष्य पछ्याएको सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले १८.४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो । भ्यानकुभरको जितका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ३९ रन बनाउँदा कप्तान उस्मान ख्वाजाले ३१ रन जोडे ।
२ बल खेलेका दीपेन्द्र भने नटआउट रहे । यो जितसँगै सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले ग्लोबल टी-२० लिगको यात्रा अन्त्य गरेको छ । समूह चरणाका सबै खेल खेलिसक्दा एक जित र वर्षाले अवरुद्ध खेलमा १ अंक बनाएको भ्यानकुभर तीन अंकसहित तालिकाको पुछारमा छ ।
छैटौ खेलमा आइतबार राति नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्ससँग भ्यानकुरभर १९ रनले पराजित भएको थियो । उक्त खेलमा नेपालका लेग स्पिन सन्दीप लामिछानेले पूरै ४ ओभर बलिङ गर्दा ३२ रन खर्चिएर एक विकेट हात पारेका थिए ।
यस्तै अलराउण्डर दीपेन्द्रसिंहले २ ओभर बलिङ गर्दा विना विकेट १६ रन खर्चिएका थिए । १२८ रनको लक्ष्य पाएको भ्यानकुभरको लागि नेपालका दीपेन्द्रले १२ बलको सामना गर्दै एक छक्काको मद्तमा १३ रन बनाएका थिए । तीन बलको सामना गरेका सन्दीप भने शून्यमा आउट भए ।
सन्दीपको टिम अन्तिम खेलमा मात्र विजयी भएपनि ग्लोबल टि-२० मा उनको गुग्लीको चर्चा भइरहेको छ । ७ खेलका ६ इनिङ खेलेका सन्दीपले १७० रन खर्चिएर आठ विकेट लिए । ग्लोबल टि-२० को सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी टप १० मा छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

