रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला
रौतहट । रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थान बाट ४ किलोमीटर टाढा युवकको शव सशस्त्र प्रहरीले बरामद गरेको छ। नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा सशस्त्र प्रहरीले मंगलवार अबेर साँझ फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताएका छन।
गत आईतवार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद उद्धारका सामग्री सहीत गएका १० जनाको टोलीले लगातारको प्रयास पछी मंगलवार अबेर साँझ घटनास्थल बाट ४ किलोमीटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी हुमागाईंले बताएका छन ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
