एमएडब्लु ईन्टरप्राइजेजले नेपालमा भित्राउन लाग्यो यमाहा एम टि–१५ भर्जन २.०,यस्तो छ सम्पुर्ण जानकारी
मौसम गौतम / काठमाडौँ । एमएडब्लु ईन्टरप्राइजेजले नेपाली बजारमा यमाहा एम टि–१५ बाईक भित्राउने तयारी गरेको छ । प्राप्त जानकारी अनुसार यस बाईक सम्भवतः अगामी नाडा अटो सो २०२४ मा लन्च हुन गइरहेको छ ।
यस यमाहा एम टि–१५ भर्जन २.० बाईक सम्बन्धि कुरा गर्नुपर्दा बाइकमा सिङगल सिलिन्डर,४ स्ट्रोक,४ भल्भ र सिङगल ओभरहेड क्याम्साफ्टको इन्जिन पाउन सकिनेछ । बाइकको म्याक्स पावर १८.५ सिसिको साथै १०००० आर.पि.एम र म्याक्स टर्क भने १४.१ एनएम को साथ ७५०० आरपिएम रहेको छ । ६ स्पिडको गियर बक्स रहेको यस बाइकमा टप स्पिड प्रति घण्टा १३० किलोमिटर पाउन सकिने छ । बाइकमा तेल भण्डारण क्षमता १० लिटर रहने छ । प्रति लिटर ४५ किलोमिटर सम्म माईलेज दिने कम्पनिको दाबि रहेको छ ।
यस बार्ईकको अगाडिको टायर १००/८०–१७ र पछाडि १००/७०–आर १७ को दुवै टायरमा डिस्क टायर उपलब्ध रहनेछ । बाईकको बे्रकिङ सिस्टम र सस्पेन्सन सेटअपको कुरा गर्दा डुअल–च्यानल एबिएसको बे्रकिङ सिस्टम र बाइकमा यु एस डि फ्रन्ट फ्रक्स र रेयर मोनोसकको सस्पेन्सन सेटअप जडान गरिएको छ ।
८१० एमएमको सिट हाईट रहेको यस यमाहा एम टि–१५ भर्जन २.० बाईकमा १७७ एमएमको ग्राउन्ड क्लियरेन्स रहने कम्पनिले बताएको छ । १४१ केजि जम्मा तौल रहेको यस बाईकको मुल्य भने हाल सम्म कम्पनिले तोकेको छैन ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

