एमएडब्लु ईन्टरप्राइजेजले नेपालमा भित्राउन लाग्यो यमाहा एम टि–१५ भर्जन २.०,यस्तो छ सम्पुर्ण जानकारी
मौसम गौतम / काठमाडौँ । एमएडब्लु ईन्टरप्राइजेजले नेपाली बजारमा यमाहा एम टि–१५ बाईक भित्राउने तयारी गरेको छ । प्राप्त जानकारी अनुसार यस बाईक सम्भवतः अगामी नाडा अटो सो २०२४ मा लन्च हुन गइरहेको छ ।
यस यमाहा एम टि–१५ भर्जन २.० बाईक सम्बन्धि कुरा गर्नुपर्दा बाइकमा सिङगल सिलिन्डर,४ स्ट्रोक,४ भल्भ र सिङगल ओभरहेड क्याम्साफ्टको इन्जिन पाउन सकिनेछ । बाइकको म्याक्स पावर १८.५ सिसिको साथै १०००० आर.पि.एम र म्याक्स टर्क भने १४.१ एनएम को साथ ७५०० आरपिएम रहेको छ । ६ स्पिडको गियर बक्स रहेको यस बाइकमा टप स्पिड प्रति घण्टा १३० किलोमिटर पाउन सकिने छ । बाइकमा तेल भण्डारण क्षमता १० लिटर रहने छ । प्रति लिटर ४५ किलोमिटर सम्म माईलेज दिने कम्पनिको दाबि रहेको छ ।
यस बार्ईकको अगाडिको टायर १००/८०–१७ र पछाडि १००/७०–आर १७ को दुवै टायरमा डिस्क टायर उपलब्ध रहनेछ । बाईकको बे्रकिङ सिस्टम र सस्पेन्सन सेटअपको कुरा गर्दा डुअल–च्यानल एबिएसको बे्रकिङ सिस्टम र बाइकमा यु एस डि फ्रन्ट फ्रक्स र रेयर मोनोसकको सस्पेन्सन सेटअप जडान गरिएको छ ।
८१० एमएमको सिट हाईट रहेको यस यमाहा एम टि–१५ भर्जन २.० बाईकमा १७७ एमएमको ग्राउन्ड क्लियरेन्स रहने कम्पनिले बताएको छ । १४१ केजि जम्मा तौल रहेको यस बाईकको मुल्य भने हाल सम्म कम्पनिले तोकेको छैन ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
