नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, श्रावण, २३
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।
काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहिन बनेको थियो ।
हेलिकप्टरमा क्याप्टेनसहित चार जना विदेशी सवार रहेको बताइएको छ । प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु र चालकको मृत्यु भएको जानकारी दिएको छ।प्रहरीले घटनास्थलबाट चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ । प्रत्यक्षदर्शीले हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको बताएका छन् ।
घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
