झोलुंगे पुल निर्माणमा सहजीकरण गरिदिन भारतीय बिदेशसचिवसँग अनुरोध
काठमाडौं । नेपाल भ्रमणका रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् ।
दुई दिने नेपाल भ्रमणमा रहनुभएका सचिव मिस्रीले उपप्रधानमन्त्री सिंहसँग सोमबार विहान शहरी विकास मन्त्रालयमा भेट गरेका थिए । भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिएका थिए।भेटमा शहरी विकास, फोहोर मैला व्यवस्थापन, बाग्मती, विष्णुमतिलगायतका नदिको स्वच्छता र सफाईलगायतका नेपाल भारतबिच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदि सफाईको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।त्यस्तै, उहाँले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदिमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको पनि बताए ।
भेटमा नेपालको पूर्वाधार विकास,भुकम्प र कोभिडको समयमा भारतले गरेको सहयोगका लागि उपप्रधामन्त्री सिंहले धन्यवाद दिएका थिए। ‘नेपालको शहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियाननै चलाएका छौं । सिमा नदिमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्योे सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरु राख्यौं । उहाँहरु त्यसमा सकारात्मक हुनुभयो ।’
भारतको इन्दोर लगायतका केही शहरमा स्वच्छ भारत अभियान अन्तर्गत भइरहेको फोहोरमैला व्यवस्थापन र गंगा नदि सफाईको अनुभव र प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको थियो । भारतका विदेश सचिव मिश्रीले नेपालको शान्ति,स्थायीत्व र समृद्धिका लागि भारतको सँधै साथ सहयोग रहने बताए ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
