मन्त्रिपरिषदको बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने
जानकारी केन्द्र
२०८१, भाद्र, ६
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट ग्रिन सिग्नल पाएर नै सञ्चारमन्त्री गुरुङले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लान लागेको स्रोतले बताएको छ । आज बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट आजै पारित हुने र पहिलेको झैं पुनः टिकटक चलाउन पाइने बताइएको छ ।
टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार समेत गरिसकेको बताइएको छ । तत्कालीन सरकारले गत २०८० कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
