सुमनाको प्रधानमन्त्री ओलीलाई कटाक्ष- शिक्षामा राजनीति हुनुपर्छ भन्ने सेनापति को ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षामा राजनीति गरेको आरोप लगाएकी छन् ।
विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले प्रधानमन्त्री ओलीले शिक्षामा राजनीति हुनुपर्ने वकालत गर्दै हिडेको आरोप लगाएकी हुन् ।
उनले भनिन्–‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिको रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने सबै ठाउँमा दलगत हुनुपर्छ र राजनीति चाहिन्छ, शिक्षक र प्राध्यापकहरुले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहीँ के छ ? बताईदिनुपर्यो । यो प्रश्नमा मैले सरकारको, कुलपति र प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकार्षण गराए ।’
श्रेष्ठले त्रिवीमा अहिले देखिएको विवादको विषयमा कटाक्ष गर्दै अहिले बुद्धिभन्दा बल ठूलो र बलभन्दा दल ठूलोजस्तो देखिएको टिप्पणी गरेकी छन् । साथै उनले अहिले विश्वविद्यालयमा देखिएको दृश्य दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा भएको बताएकी छन् ।
उनले रास्वपाले स्वास्थ्य, शिक्षा र प्रशासन राजनीतिमुक्त हुनुपर्नेमा स्पष्ट रहेको बताएकी छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
