मलाई एक्लै बस्न मन पर्दैन, पार्टनरको आवश्यकता छ- आमिर खान
काठमाडौँ । बलिउड अभिनेता आमिर खानले आफुलाई पार्टनरको आवश्यकता रहेको बताएका छन् । ५९ बर्षिय अभिनेता आमिर खानले रिया चक्रवर्तीको पोडकास्ट च्याप्टर २ मा बोल्दै आफ्नो निजी जीवन बारे चर्चा गरेका हुन् । बलिउडमा मिस्टर परफेक्शनिस्ट भनेर चिनिने आमिरले पोडकाष्टमा आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै रोचक कुराहरू सेयर गरेका छन् । कुराकानीका क्रममा आमिरले आफूलाई साथीको आवश्यकता रहेको पनि बताए । यस क्रममा उनले आफ्ना दुवै पूर्व पत्नीको पनि उल्लेख गरे । कुराकानीका क्रममा आमिर खानले भने, ‘मलाई एक्लै बस्न पटक्कै मन पर्दैन । मलाई साथी चाहिन्छ । म एक्लो मान्छे होइन, मलाई कम्पनी मन पर्छ । म मेरा दुवै पूर्व पत्नी रीना र किरणसँग धेरै नजिक छु । हामी सबै एक परिवार जस्तै छौं ।’
यस बाहेक रियाले आमिर खानसँग विवाहबारे उनको धारणा जान्न चाहन्थिन् । यसबारे आमिरले भने, ‘मेरो दुई विवाह असफल भएका छन् । त्यसैले मसँग विवाहको बारेमा कुनै सल्लाह न सोध्नुहोस् । यसबाहेक आमिरलाई तेस्रो विवाहको बारेमा सोध्दा उनले भने, ‘म अहिले ५९ वर्षको भएँ । अब फेरि बिहे कहाँ गर्ने ? गाह्रो देखिन्छ । मेरो जीवनमा धेरै सम्बन्धहरू छन्, म मेरा बच्चाहरू र परिवारसँग जोडिएको छु ।’
आमिर खानले दुई पटक विवाह गरिसकेका छन्, यद्यपि उनको दुवै विवाह असफल भए । उनको पहिलो विवाह रीना दत्तसँग भएको थियो, जसबाट उनका दुई सन्तान छन् – जुनैद खान र आयरा । त्यही समयमा उनको दोस्रो विवाह निर्देशक किरण रावसँग भएको थियो, जसबाट आमिरको एक छोरा आजाद छन् । आमिरका जेठा छोरा जुनैदले पनि फिल्म ‘महाराज’ बाट इन्डस्ट्रीमा डेब्यु गरेका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने आमिर छिट्टै नयाँ फिल्म ‘सितारा जमीन पर’ लिएर आउदै छन् ।
सम्बन्धित समाचार
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

