अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या
काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको छ । पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पुगेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ ।
मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगेको छ । हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा गोली लागेको उल्लेख गरेको छ ।
नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरु प्राप्त हुने बताइएको छ । प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको बताएको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

