चीनका १५ लडाकु विमान ताइवानको सीमा क्षेत्रमा घुसपैठ
काठमाडौँ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सेनाको लडाकु विमान र युद्धपोत आफ्नो सिमानामा घुमिरहेको बताएको छ ।
ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म १८ वटा लडाकु विमान, आठ युद्धपोत र चिनियाँ सेनाका अन्य दुईवटा जहाज ताइवान सीमा नजिक रहेको जनाएको छ । तीमध्ये १५ वटा विमानले ताइवानको सीमा नाघेर ताइवानको हवाई क्षेत्रको उल्लंघन गरेका थिए ।
चिनियाँ घुसपैठको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोतहरू तटीय सीमामा तैनाथ गरेको छ । साथै, क्षेप्यास्त्र प्रणाली पनि तैनाथ गरिएको छ र स्थितिलाई नजिकबाट नियालिरहेको छ । जसका कारण दुई देशबीच तनाव बढेको छ । चिनियाँ सेनाले पछिल्ला महिनाहरूमा धेरै पटक ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास गरेको छ। सेप्टेम्बर २०२० पछि मात्र चीनले आफ्नो ग्रे जोन रणनीति प्रयोग गरिरहेको छ। यस अन्तर्गत चिनियाँ लडाकु विमान र युद्धपोतहरू ताइवानको सिमानामा घुमिरहेका छन् ।
ताइवानको आरोप- चीनको आक्रमण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि खतरा हो । गत हप्ता पनि चीनले ताइवानको सीमामा घुसपैठ गरेको थियो, त्यसपछि ताइवानको विदेश मन्त्रालयले चीनको आलोचना गर्दै अरु देशको सार्वभौमसत्ता र क्षेत्रीय शान्तिको हनन गरेको आरोप लगाएको थियो । चीनका विमानहरूले हालै जापानको हवाई क्षेत्र पनि उल्लङ्घन गरेका छन् ।
ताइवानले पूर्वी चीन सागरमा चीनले निरन्तर युद्धाभ्यास गरेर यथास्थिति परिवर्तन गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ । ताइवानले चीनको आक्रमण सम्पूर्ण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि ठूलो खतरा भएको बताएको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

