Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

पत्रकार ढुंगानालाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न प्रेस सेन्टरको माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, २३
पत्रकार ढुंगानालाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न प्रेस सेन्टरको माग

बारा । बाराको कोल्हवीस्थित कोल्हबी न्युज अन्लाईन सञ्चालक अशेष ढुंगानालाई गाली गलौज गर्ने होटेल ब्यवसायी लाई कारवाहीको दायरामा ल्याउन प्रेस सेन्टर बारा र मकवानपुरले माग गरेको छ ।

प्रेस सेन्टर बारा र मकवानपुरले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार ढुंगानालाई गाली गलौज गर्ने होटेल ब्यवसायी लाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । प्रेस सेन्टर बाराका अध्यक्ष रञ्जन यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै  बाराको कोल्हवि बजार स्थित नेवारी खाजा घर एण्ड लजका सन्चालक सन्जिब श्रेष्ठलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।

सक्रिय पत्रकार ढुंगाना माथि गरिएको हर्कत निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता माथिको ज्यादती, प्रेस बिरोधी हर्कत पत्रकार लाई पेसा प्रति हतोत्साहित र त्रसित बनाउन असल विचार र अभिव्यक्ति स्वतन्त्र अधिकार माथि समेत आघात पुग्ने प्रेस सेन्टरको ठहर रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। होटल सञ्चालक श्रेष्ठले आफ्नै मोबाइल  मार्फत गाली गलौज  गरेका हुन्। पत्रकार ढुङ्गानाले होटलको बिषयमा प्रहरिलाई जानकारी गराएको  श्रेष्ठले आफ्ना सहयोगी मार्फत गाली गलौज र धाक धम्की  दिएका छन ।

बिहिवार राति  १ बजेर ३८ मिनेटमा ९८२१८९३४९० नम्बरको मोइबाइलबाट फोन गरेर अशेष ढुंगाना बोल्दै हुनुहुन्छ भन्दै नेवारी खाजा घरको बारेमा केहि गलत सुचना  ईलाका प्रहरी कार्यालय कोल्हवीमा  दिएको  भन्दै परिवारिक समयमा  नानाथरीका गाली गलौज गरेको ढुङ्गानाले बताएका छन् ।

पत्रकारलाई गाली गलौज र धाक धम्की देखाउनु प्रेस स्वतन्त्रता माथिको हनन् भएको प्रस्ट देखिन्छ ।  यसै घटनाको बारेमा शान्ति सुरक्षाको लागि आज पत्रकार ढुंगानाले ईलाका प्रहरी कार्यालय कोल्हबीलाई निवेदन दिएका छन ।  आफू र आफ्नो परिवारजनलाई शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनसंग आग्रह समेत गरेका छन।

साथै डोषि जुनसुकै ब्यक्ति र त्यसमा संलग्न रहेका सबै लाई कानुनी दायरामा लयाई कडा भन्दा कार्यवाहीका लागि सम्बन्धित निकाय संग पिडित पत्रकार ढुंगानाले आग्रह गरेका हुन ।

बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले  ईलाका प्रहरी कार्यालय कोल्हविमा लिखित उजुरी गरेमा कारवाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

Top Changing Nepal

युट्युब सट्स