Jankari Kendra
१३ कार्तिक २०८३, बिहीबार

बलिवुड अभिनेत्री मलाइका अरोराका बुबाको सातौं तलाबाट खसेर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, २६
बलिवुड अभिनेत्री मलाइका अरोराका बुबाको सातौं तलाबाट खसेर मृत्यु

काठमाडौँ । अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ ।

अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे । अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति अरबाज खान पहिलो स्थानमा पुगेका थिए । प्रहरीले बालकनीबाट खसेर उनको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

घटना लगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेर यो मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्ने बारे अनुसन्धान गरिरहेको जनाइएको छ । घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन् र उनी मुम्बई पुगेकी छन् ।

Top Changing Nepal

युट्युब सट्स