उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान
जानकारी केन्द्र
२०८१, भाद्र, २७
काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी ध्रुव प्रकाश शाहलाई प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका छन् ।
प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट प्रमुख सेनानी डा. रिवाज कार्कीलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
