Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, २७
कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेको काँग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

मनोनीत हुनेहरुमा यज्ञराज उपाध्याय, राजेन्द्र खत्री, रविन्द्र खड्का, रमेश कोइराला, चन्द्र शर्मा, सरोज भण्डारी, रिसबदेव घिमिरे, शान्ति सदा, देशु सुहाङ्ग र गणेश हमाल रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स