एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने
काठमाडौँ । सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट निवदेनलाई अग्राधिकार दिँदै पूर्ण सुनुवाइको लागि पेस गर्न आदेश गरेको हो ।
२०८० मंसिर २२ मा प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गरेका थिए । यो मुद्दामा पेसी चढेपछि नटुंगिँदासम्म पूर्ण (लगातार) सुनुवाइ हुने भएको हो । एनसेलको सेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदनमा यसअघि सर्वोच्चले एनसेललाई सेयर बिक्री गर्न दिनुको कारण सोधेको थियो ।
आठ वर्षअघि एक खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले गत साल नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोड रूपैयाँमा बिक्री गरेपछि विवाद सुरु भएको थियो । त्यसविरुद्ध अदालतमा मुद्दा दर्ता भएका थिए । कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानि पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिदबिक्री भएको दाबी गर्दै स्वतन्त्र सांसद सिंहले रिट निवेदन दर्ता गराएका हुन् ।
यसै विषयमा उच्च अदालत पाटनमा पनि छुट्टै रिट निवेदन दर्ता भएको थियो । उच्च अदालतले तत्कालै एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि एनसेलको सेयर खरिद बिक्री प्रक्रिया रोकिएको थियो । उच्च अदालत पाटनको आदेशबमोजिम एनसेलले सेयर बिक्री गर्न नपाउने भएको थियो ।
सर्वोच्च अदालतमा परेको रिट निवेदन भने अझै विचाराधीन रहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
