Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

बाराको उनासी पुलमा बस पल्टिँदा ४३ यात्रु घाईते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, ३१
बाराको उनासी पुलमा बस पल्टिँदा ४३ यात्रु घाईते

रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक  दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।

काँकडभिट्टाबाट दाङको लागी गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भईरहेको छ ।

प्रसुती गृहमा उपचाररत मध्ये  छ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको  ईलाका प्रहरी कार्यालय निजगढका ईन्सपेक्टर सुमित कुश्वाहाले बताएका छन् ।

उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स