अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन् ।
जसमा रूपन्देही, बुटवल उपमहानगरपालिका-२ भिमसेन पथबाट अवैध लागूऔषध गाँजा २९ किलोग्राम, ३ थान मोबाइल, नगद ७६ हजार ५ सय रूपैयाँ र तराजु १ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बुद्ध लक्ष्मी साही खड्की, ३४ वर्षीया हिना साही खड्की र दैलेख महाबु गाउँपालिका-४ बस्ने २३ वर्षीया रिहा साही ठकुरी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो ईकाई कार्यालय भैरहवा र प्रहरी बिट जितगढी किल्ला मैनाबगरबाट खटिएको प्रहरीले बुद्ध लक्ष्मी साहीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगञ्ज महानगरपालिका-८ पानीटंकी टोलस्थित जमुना सेकुवा पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम सहित भारत विहार मोतीहारी थाना आदापुर बस्ने २३ वर्षीय बिकाश कुमार पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२२ कान्तितालस्थित सडकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित डुडुवा गाउँपालिका-३ बस्ने २९ वर्षीय सलमान खाँलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ३९७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ७ सय १० मिलिग्राम, नाइट्राभेट १ पत्ता र ट्रामाडोल २ पत्ता सहित सोही नगरापालिका-९ बस्ने २७ वर्षीय पदम बहादुर शाहीलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र ०२-००१ ख ०७६९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोग्राम र मोबाइल १ थान सहित सोही गाउँपालिका-४ बस्ने ३४ वर्षीय वृद्धिलाल तामाङ समेत ३ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदैं गरेको लु.२ ख ४५२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

