• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ असार २०८३, शनिबार
२७ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १ दिन 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • २ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • २ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • ४. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ५. नेप्से परिसूचक २६.२९ अंकको गिरावट

  • ६. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ७. ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

  • १०. हालान्ड चम्किदा ब्राजिल विश्वकपवाट बाहिर, नर्वे पहिलो पटक क्वाटरफाइनलमा

दशैंतिहारमा गाडीभाडा नबढ्ने, खुल्दै अग्रिम टिकट बुकिङ

जानकारी केन्द्र २०८१, आश्विन, ५

काठमाडौं । नजिकिँदै गरेका चाडपर्वमा गाडीभाडा नबढ्ने भएको छ । सरकार र यातायात व्यवसायी महासंघबीच शनिबार भएको छलफलमा दशैं, तिहार र छठका समयमा सवारी साधनको भाडादर अहिलेकै कायम राख्ने सहमति भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा भएको छलफलमा यायातात व्यवसायीबीच दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर विभिन्न ७ बुँदे सहमति भएको छ ।

छलफलमा इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढी वृद्धि हुँदा गरिने वैज्ञानिक भाडा समायोजन र अन्य कारणले गर्नुपर्ने समायोजन छठपर्वपछि मात्र गर्ने सहमति भएको हो । छठपछिको एकसाता भित्र भाडादर समायोजन गर्न दुवै पक्ष सहमत भएको र सोही अनुसारको व्यवस्था मिलाउन यातायात भन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

यस्तै सरकारले सवै सडकहरुको मर्मतसम्भार घटस्थापना अघि नै गरिसक्न समेत विभागलाई भनेको छ । यस्तै यात्रुहरुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गरी दशैंतिहारका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्न समेत सरकारले यातायात व्यवसायीलाई आग्रह गरेको छ ।

यस्ता छन ७ बुँदे सहमतिका निर्णयहरु
१ .सडक विभाग अन्तर्गतका सवै सडकहरु घटस्थापना अगाडि नै मर्मत संभार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने ।
२.  वि.पी राजमार्ग सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवम् रात्री सवारी संचालन नगर्ने विषय प्रभावकारी रुपमा लागु गर्न गृह मन्त्रालयरनेपाल प्रहरीमा अनुरोध गर्ने । सो विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोर्ट गर्ने ।
३.  यात्रुहरुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसंग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुल्ला गर्ने ।
४स्यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी संम्बन्धित वसपार्कबाट गन्तव्य स्थल तर्फ जाने गरी व्यवस्थित गर्ने ।
५.  इन्धनको मूल्य पाँच प्रतिशत भन्दा बढी घटवढ हुँदा गरिने गरिएको वैज्ञानीक भाडा समायोजन विगत एक वर्ष देखि तथा इन्धनको मूल्य वाहेकको अन्य कारणले गर्नु पर्ने समायोजन विगत तीन वर्षदेखि नभएको सन्दर्भमा आवश्यक तयारी गरी छठ पछिको हप्तामा उक्त भाडादर समायोजन गर्न यातायाता व्यवस्था विभागलाई निर्देशन दिने ।
६.   यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरुको सम्बोधन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने एवम् अन्य निकायहरुसँग सम्बन्धित सुझावहरु कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा अनुरोध गर्ने ।
७.   यातायात व्यवस्थापनसँग सम्बन्धित सम्मानित अदालतवाट भएका आदेशर फैसला कार्यान्वयनका व्यवस्था विभागलाई निर्देशन दिने ।

यसैबीच, यातायात व्यवसायी महासंघको टोलीले गृहमन्त्री रमेश लेखकसँग समेत छलफल गरेको छ । गृहमन्त्रीसँगको छलफलमा वडा दशैं, तिहार र छठ पर्वमा काठमाण्डौं उपत्यकाबाट बाहिर जाने र बाहिरका जिल्लाहरुबाट काठमाण्डौं उपत्यका प्रवेश गर्ने यात्रुहरुको यात्रालाई सहज र सुरक्षित बनाउन सहजीकरण गर्ने, सडक सुरक्षा र सडकमा हुने ट्राफिक चेकिङ लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.