सर्लाहीको बाँके जंगलमा यात्रुवाहक बस दुर्घटना
सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । काठमाडौंबाट धरानका लागि छुटेको प्रदेश १–०२–००१ ख ९७३७ नम्बरको बस अनियन्त्रित भई बाँके खोलाको पुल र सङ्ग्रामपुरतर्फ जाने बाटोमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका ८ का २४ वर्षीय कोआलम हजामलाई लालबन्दीमा रहेको मोडल अस्पतालमा उपचारका लागि पठाइएको छ । उनको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्का घाइते सुनसरीकै हरिनगर गाउँपालिका ६ का १४ वर्षीय किशोर अब्दुल आहबको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको दाहिने हात र ढाडमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।
यसैगरी अन्य घाइतेहरूमा धनुषा सबैला नगरपालिका ५ मखनाहाका २८ वर्षीय मुकेश रजक, सोही वडाका १७ वर्षीया प्रीति रजक र सोही नगरपालिकाकी २५ वर्षीय राघिनी रजक रहेका सर्लाही प्रहरीले जानकारी दिएको छ ।
बसका चालक धरान उपमहानगरपालिका १७ का ५६ वर्षीय राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसमा २९ जना यात्रु सवार रहेका र पाँच जना बाहेक अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
