झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
काठमाडौँ । धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ।
मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका( १६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश प्रसाद लुइँटेल, अर्घाखाँचीको शितगंगा नगरपालिका ७ का प्र। ज। बोमबहादुर खाम्चा, चितवनको रत्ननगर नगरपालिका १२ का सुमन बजगाईं, स्याङ्जाको गल्याङ नगरपालिका ३ का सिता भट्टराई, दिपिका भट्टराई र दिपेश भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका ७ का जुद्धबहादुर रायमाझी, प्रमिता भुसाल र कृशव रायमाझी रहेका छन् ।
त्यस्तै नुवाकोट, सामरीका साइमन तामाङ, पर्वतको कुस्मा नगरपालिका २ की पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट ७ का नवराज पन्त, रुकुमपश्चिमको मुसिकोट १५ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका ४ का नवराज तिवारी, बझाङ, जयपृथ्वी नगरपालिका १ को नविन सिंह, चितवनको भरतपुर नगरपालिका २१ की अनिता थापामगर, मकवानपुरको मनहरी ९ का सन्तु वि।क रहेका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिका १६ काठमाडौं( १६ का आनन्द रायमाझी, चितवनको खैरहनी नगरपालिका ३ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका ३ का जनक कुँवर, चितवनको भरतपुर महानगरपालिका ९ का मोहन दास आचार्य, काठमाडौंको चन्द्रागिरि नगरपालिका १ का नरेन्द्र खत्री, गोरखाको भिमसेन गाउँपालिका ४ का मदन परियार दमै र विनायक भट्टराई, गोरखाको धार्चे गाउँपालिका ७ का सुके दमै, बडिगाड गाउँपालिका २ का इन्द्रजित राना र भिम कुमार राना रहेका छन् ।
त्यसैगरी जुम्लाको सिंजा गाउँपालिका ६ का हरिबहादुर बुढा, धादिङको ज्वालामुखी गाउँपालिका २ की लिलामाया तामाङ, सर्लाहीको चक्रघट्ट गाउँपालिका ६ का बसन्त शाह, सप्तरीको सप्तकोशी नगरपालिका ७ को नन्दप्रसाद किशोर चौधरी र तनहुँको ब्यास नगरपालिका ५ का लेखनाथ ओझा रहेका छन्
सम्बन्धित समाचार
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
यमराजको पूजा र विविध झाँकीसहित आज गाईजात्रा मनाइँदै
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल

